२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदबाट बर्खास्त भए युभेन्ट्सका प्रशिक्षक सारी



अ+ अ-

एजेन्सी । प्रशिक्षक माउरिसियो सारी बर्खास्त भएका छन् । इटालियन सिरी ए क्लब युभेन्ट्सका प्रमुख प्रशिक्षक माउरिसियो सारीलाई युभेन्ट्स युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट आउट भएको २४ घन्टा नबित्दै क्लबले पदबाट बर्खास्त गरेको हो । युभेन्ट्स शुक्रबार राति फ्रेन्च क्लब लियोनसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट आउट भएको थियो ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत शुक्रबार दोस्रो लेग आफ्नो घरेलु मैदानमा युभेन्ट्सले २–१ ले जिते पनि समग्रमा २–२ को बराबरी स्थितिमा अवे गोलमा पछि परेर युभेन्ट्स अन्तिम १६ बाटै बाहिरिन पुग्यो । गत सिजन युभेन्ट्स अन्तिम आठसम्म पुगेको थियो ।

युभेन्ट्सले यस सिजन तीन घरेलु लिगमध्ये सुरुमा सुपर कप र त्यसपछि कोपा इटालियाको फाइनलमा हारेको थियो । त्यसपछि युभेन्टसले घरेलु लिग सिरी ए भने जितेको थियो ।

सार्री गत सिजनमा इंग्लिस क्लब चेल्सीबाट युभेन्ट्समा अनुबन्ध भएका थिए । तर, युभेन्ट्समा फितलो रणनीति र योजनाका कारण सुरुआतबाटै ओलोचित बन्दै आएका उनलाई च्याम्पियन्स लिगको बहिर्गमनले जागिरबाट बर्खास्त गरायो ।