२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं र ललितपुरले बराबरी खेले



अ+ अ-

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको पहिलो खेलमा काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा साविक विजेता ललितपुर र पहिलो संस्करणको विजेता काठमाडौंले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

काठमाडौं रेजर्सले दुई गोलले पछि परेको अवस्थामा सानदार पुनरागमन गर्दै बराबरी गर्‍यो । भ्याली डर्बी खेलमा ललितपुरले सुरुवाती १५ मिनेटमै दुई गोल गरेको थियो । खेलको पाँचौ मिनेटमै जोनाथान कान्टिलानाले कर्नर साइडबाट क्रस गरेको बल काठमाडौंका डिफेण्डर कमल श्रेष्ठलाई लाग्दै गोल भएको थियो ।

यस्तै, ललितपुरले १५औं मिनेटमा आदित्य शाक्यको गोलबाट अग्रता दोब्बर पार्‍यो । पहिलो हाफमा दुई गोलले पछि परेको काठमाडौंले दोस्रो हाफमा पुनरागमन गर्‍यो । काठमाडौंका लागि विदेशी खेलाडी अमादोउ डिओपले ७६औं मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए । काठमाडौले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै खेल बराबरी गर्‍यो ।

ललितपुरका डिफेन्डरले भिनसेन्ट कोजिएलोलाई पेनाल्टी बक्समा लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । उनै कोजिएलोले पेनाल्टीमा गोल गर्दै काठमाडौंको हार टारे ।