१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रवार कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु



अ+ अ-

विराटनगर । शुक्रबार बिहान कोशी अस्पताल विराटनगरको आइसालेसनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषलाई भर्नालगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार शुक्रबार दिउँसो कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।  

मृतकमा एक सातादेखि ज्वरो र खोकीको समस्या रहेको थियो । उनी उच्च रक्तचापको समस्याले पनि पीडित थिए ।