२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको आईपीएलः विशाखापट्टनममा दिल्लीसँग पहिलो जितको खोजिमा हैदरावाद



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं सिजनमा आज डबल हेडरको पहिलो खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादको सामना गर्दैछ । विशाखापट्टनममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको ३ः४५ बजेदेखि सुरु हुनेछ ।

आज दिल्लीले सिजनको दोस्रो खेल खेल्दैछ । टोलीले पहिलो खेलमा लखनउलाई पराजित गरेको थियो । यता, हैदरावादले भने आज तेस्रो खेल खेल्खैछ। टोलीले पहिलो खेलमा राजस्थानलाई पराजित गरेको थियो भने दोस्रो खेलमा लखनउसँग हार बेहोरेको थियो ।

आज दुवै टोली तेस्रो पटक विशाखापट्टनममा भिड्दैछन् । यसअघि खेलेका दुवै खेल दिल्लीले जितेको थियो ।

आईपीएलमा हालसम्म दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच २४ खेल खेलिएका छन् । जसमा हैदरावादले १३ खेल जितेको छ भने दिल्लीले १० खेल जितेको छ । एक खेल भने नतिजाविहिन रह्यो ।

दिल्लीका आशुतोषले पछिल्लो खेलमा अविजित ६६ रन बनाए

पछिल्लो खेलमा दिल्लीका लागि आशुतोष शर्माले अविजित ६६ रनको इनिङ खेलेका थिए । उनी खेलको प्लेयर अफ द म्याच समेत बनेका थिए । टोलीमा फाफ डु प्लेसिस, अभिषेक पोरेल र ट्रिस्टन स्टब्स जस्ता उत्कृष्ट ब्याट्सम्यान छन् । मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा र मुकेश कुमारले बलिङलाई बलियो बनाइरहेका छन् ।

हैदरावादको ब्याटिङ बलियो

हैदरावादको ब्याटिङ सबै टोली मध्ये बलियो छ। टोलीका ब्याट्सम्यान गत सिजनदेखि नै उत्कृष्ट लयमा छन् । टोलीसँग ट्राभिस हेड, हेनरिक क्लासेन, अभिषेक शर्मा र इशान किशन जस्ता खतरनाक ब्याट्सम्यान छन्, जसले कुनै पनि टोलीको बलिङलाई ध्वस्त पार्न सक्छन्। इशानले यो सिजन आफ्नो पहिलो खेलमा शतक बनाएका थिए । टोलीमा सिमरजीत सिंह, हर्षल पटेल र मोहम्मद शामी जस्ता उत्कृष्ट बलर छन् ।

सम्भावित प्लेईङ–११ः

दिल्ली क्यापिटल्सः अक्षर पटेल (कप्तान), ज्याक फ्रेजर(मगार्च, फाफ डु प्लेसिस, अभिषेक पोरेल (विकेटकिपर), ट्रिस्टन स्टब्स, विप्रज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा, मुकेश कुमार, आशुतोष शर्मा।

सनराइजर्स हैदरावादः प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, इशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अनिकेत वर्मा, अभिनव मनोहर, सिमरजीत सिंह, हर्षल पटेल, मोहम्मद शामी, एडम जाम्पा।

 

 




भर्खरै