काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट २० लाख २७ हजार ७५ जना संक्रमित भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा आजसम्मकै सबैभन्दा उच्च संख्यामा मानिसहरु संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६२ हजार ५३८ नयाँ कोरोना संक्रमित थपिएका हुन् । भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ४१ हजार ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८८६ जनाको मृत्यु भएको हो ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका १३ लाख ७८ हजार १०५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।












