२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरुद्ध गरेर प्रतिपक्षी संसद सञ्चालनको विरुद्धमा गयोः रामहरि खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले देशमा संकट परेको बेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद अवरुद्ध भएको बताउनुभएको छ ।

आईतवार विपक्षीहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा समस्या परेको बेलमा सांसदहरुले एकतावद्ध भएर संसदमा आफ्नो कुरा राख्न पाउने प्रचलनविरुद्ध प्रतिपक्ष लागेको बताउनु भयो । सभामुखले आपतकालीन समय उपलब्ध गराउने भन्दा भन्दै प्रतिपक्षीहरुले संसद अवरुद्ध गरेको उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्रीले सोमवार संसदमा जवाफ दिने भनेर सभामुखले जानकारी दिँदा पनि विपक्षीले संसद चल्न नदिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सत्तापक्ष प्रतिपक्ष भन्ने आफ्नै ठाउँमा होला, तर देशलाई अप्ठ्यारो परेको बेलामा सबै एकतावद्ध भएर संसदबाट आफ्नो कुरा राख्न पाउने प्रचलन हुन्छ र त्यसलाई प्रयोग गरौँ भन्ने हाम्रो धारणा थियो । सभामुखले म सयम दिन्छु भन्दा भन्दै पनि हामी त बसेका थियौँ, त्यो हाम्रो पनि माग हो आपतकालीन अवस्थामा आपतकालीन समय लिएर सबै सांसदले आफ्ना कुरा राख्न माग गरे सभामुखले बस्नुस् म समय दिन्छु भन्दा पनि प्रमुख प्रतिपक्षले नमानेका कारण संसद अवरुद्ध भयो । प्रधानमन्त्री भोलि आउने भनेर सभामुखले जवाफ दिइसक्नु भएको छ प्रधानमन्त्रीले जवाफ दिने र आज संसदमा सबै पोलिटिकल पार्टीका सांसदहरुले कुरा राख्ने भन्दा पनि संसद चल्न विभिन्न कारणले प्रमुख प्रतिपक्षी दलहरुले दिनुभएन ।’

सांसद खतिवडाले तीनकुने घटनाको प्रसंगमा संविधान मान्छु भनेर शपथ लिएर आउनेले संविधान समाप्त पार्ने खेल खेलेको आरोप लगाउनु भयो ।