काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मुल्य बढेको छ । बिहिबार सुन प्रतितोला १ लाख २ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख ३ हजार निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।







