१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राती सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको धरानमा मृत्यु भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख  विष्णुदेव यादवका अनुसार गत तीन वर्ष देखि किड्नीको समस्या रहेका युवकमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको र ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ ।

उनको दाह संस्कार नेपाली सेनाले गर्ने यादवले जानकारी दिए ।