२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो



अ+ अ-

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको छ ।

आइतबार प्रतितोला रू एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य आज तोलामा रू एक हजार एक सय बढेर रू एक लाख ७७ हजार नौ सय कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू १० बढेर रू दुई हजार ३५ पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।