६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तीनकुनेको हिंसात्मक घटनामा नागरिक मर्दा निर्मल निवासलाई किन दुखेन ?’



photo: rss
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद विश्वप्रकाश शर्माले तीनकुनेको हिंसात्मक घटनामा सबैले शोक व्यक्त गर्दा निर्मल निवासले किन गरेन भन्दै प्रश्न उठाएका छन् ।

सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद शर्माले तीनकुनेको हिंसात्मक घटनामा नागरिक मर्दै गर्दा निर्मल निवासलाई अलिकति पनि नदुखेको प्रतिक्रिया दिएका हुन् ।

‘तीनकुने घटनामा सविन महर्जन श्रमजीवि युवा र पत्रकार सुरेश रजकको मृत्यु भयो। सबैले दुःख व्यक्त गरे। राजनीतिक दल सबैको वक्तव्य आएको छ। तोडफोड हुँदा सबैको मन दुख्यो। तर निर्मल निवासलाई दुःखेन।’ शर्माले भने ,‘नागरिक मर्दै गर्दा धेरैलाई दुख्यो। तर निर्मल निवासलाई दुखेन। राजा ल्याउँछु भन्ने युवालाई म भन्न चाहन्छु। तीनकुनेलाई दुख्दै गर्दा, तपाईंको मन दुख्दै गर्दा, हृदय नदुख्ने तपाईं कस्तो राजाको परिकल्पना गर्दै हुनुहुन्छ।’

यस्तै, सांसद शर्माले शाहवंशीय राजाहरूमा संवैधानिक राजा भएर बस्न सक्ने गुण नभएको भन्दै अब राजतन्त्र देशमा नफर्कने दाबी गरे ।

राजतन्त्र सक्रिय बनाएर लाभ लिएका पञ्चहरूले अहिले संवैधानिक राजतन्त्र भनिरहेको उनको आरोप छ । राजतन्त्र हटेपछि नेपाल विकासको बाटोमा अघि बढेको सांसद शर्माको भनाई छ ।