२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून निर्माणले एकै पटकमा पूर्णता पाउँदैन, सुधार गर्दै जानुपर्छः मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधेयकमाथि प्रतिपक्षीहरुले ल्याएको कतिपय संशोधन अहिले समेट्न सक्ने अवस्था नभएको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले आवश्यकताका आधारमा कानून बनाउनुपर्ने भएकाले नमिलेका कुराहरु पछि मिलाउन सकिने बतानु भयो । विभिन्न निकायहरुको अनुसन्धानको आधारमा नीति नियम बनाइने भएकाले एकैपटक पूर्णता नहुने बताउनु भयो । आवश्यकताका आधारमा कानुन निर्माण र संशोधन गर्न सकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कुनैपनि कुराहरु हामीले काम गर्र्दै जाँदा अनुभुति गरेको आधारमा तपाईहरु हामी मान्यहरुले संसदमा विभिन्न निकायहरुमा, सहकारी फर्महरुमा जाँदा अनुभुति गरेको आधारमा हामीले नीति नियमअरु बनाउने हो । त्यो नीति नियमहरु बनाउँदा सबै पूर्णता हुन्छ भनेर अहिले पनि भन्न सकिन्न । तपाईहरुले भनेका कतिपय कुराहरु जायज छ । तिनलाई अहिलेनै समेट्न सक्ने अवस्था पनि छैन । त्यसकारण बेलाबखत आवश्यकता अनुसार कानून बनाउँछौ र नमिलेको कुरालाई मिलाउँछौँ ।’

मन्त्री अधिकारीले अहिले ल्याएको विधेयकमा तत्कालका लागि अतिआवश्यक कानून निर्माणका लागि ल्याइकाले त्यसलाई सुधार गर्न ऐन ल्याउने बताउनु भयो ।