२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भव्य प्रदर्शन



अ+ अ-

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार डलासमा विरोध प्रदर्शन भएको सिएनएनले जनाएको छ ।

प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा सुरक्षा नियन्त्रणमा लिएका विद्यार्थीको रिहाइको माग पनि गरेका छन् ।

सिएनएनका अनुसार विरोधमा सहभागीहरूले एकता र देशभक्तिको प्रतीकको रूपमा अमेरिकी झण्डा बोकेका थिए भने केहीले महमुद खलिल, खान सूरी र रुमेसा ओजतुर्कका प्रतीक बोकेका थिए ।

ट्रम्प सरकारले आतङ्कवादी सङ्गठनसँग सम्बन्धित गतिविधिको आरोपमा केही विद्यार्थीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनमा व्यापक सहभागिता देखिन्थ्यो ।

‘लिग अफ युनाइटेड ल्याटिन अमेरिकन सिटिजन्स’का पूर्व राष्ट्रिय अध्यक्ष हेक्टर फ्लोर्सले विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वास्तुकला, कला, खाना, स्वास्थ्य सेवा, शिक्षा र विज्ञान लगायत विभिन्न क्षेत्रमा ल्याटिनहरूको योगदानबारे चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, “ल्याटिनहरू अमेरिकाको मेरुदण्ड हुन् ।”

दोस्रो कार्यकालमा आफ्नो अभियानको दृढ योजनाको रूपरेखा प्रस्तुत गर्दै राष्ट्रपति ट्रम्पले अघि सारेका आप्रवासन अधिकारलगायतका नीतिगत परिवर्तनबारे न्याय हुनुपर्ने फ्लोर्सले बताउनुभयो ।

ट्रम्पले आप्रवासन नीतिलाई संसोधन गरी जन्मसिद्ध नागरिकतालाई हटाउने प्रयास गरेपछि अमेरिकी प्राज्ञहरूलेसमेत यसलाई असंवैधानिक निर्णय भनेका छन् ।