२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्व छलीमा मिलापत्रमार्फत भुक्तानी हुँदा राजश्व संकलनमा फाइदा पुग्छः अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राजश्व छलीका विषयमा मिलापत्रको व्यवस्थाले राजश्व संकलनमा अनुकुल सहयोग गर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरियोस् भन्ने विधेयक २०८१’ माथि छलफलका क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पहिला ५० करोडसम्मको राजश्व छलीमा मिलापत्रको व्यवस्था गरेको भएपनि अहिले संशोधनमार्फत् ३ करोडसम्मको राजश्व छलीमा मिलापत्रको व्यवस्था गरिएको बताउनु भयो । राजश्व छलीको मुद्दाको टुङ्गो लाग्न समय लाग्ने भएकाले मिलापत्र गरी छली रकम बुझाउँदा राजश्व बढ्ने र राज्यलाई फाइदा हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जहाँसम्म यो तीन करोडको राजश्व छलीको विषय छ यसमा एउटा प्रष्ट के गरौँ भने पहिला ५० लाख थियो अहिले ३ करोड गरियो । ५० लाख चाहीँ ठिक थियो त ? ५० लाख छुट दिन मिल्ने भन्ने अर्थमा बुझ्ने हो भने ५० लाखसम्म ठग्न छुट दिने त्यसपछि ३ कराड भएपछि ठग्न नदिने भन्ने अर्थमा हो त ? त्यस्तो कुरा होइन । कुरा के हो भने राजश्व छली भएको कति हो ? राजश्व छली भएको एकीन गर्यो कर कार्यालयबाट निजले यति राजश्व छली गर्यो भनेर एकीन गर्यो । अध्ययन विश्लेषण गर्यो । हिजो ५० लाखसम्म ठहर भएको राजश्व भुक्तानी गरेर मिलापत्र गर्न पाउथ्यो अब ३ करोडसम्म ठहर भएको भुक्तानी गरेर मिलापत्र गर्न पाउँछ । यहाँ राजश्व छलीको कुरै छैन । राजश्व छली कतिसम्मको बुझाएका मिलापत्र गर्न दिने भन्ने सन्दर्भमा मात्र यो हो । यसले राजश्व संकलनमा यसले अुनकुल बनाउँछ । मुद्दामा गएपछि कहिले टुङ्गोमा पुग्ने हो थाहा हुँदैन मिलापत्रमा आउँदा तुरुन्तै राजश्व जम्मा हुने भएकाले यो छली होइन ।’

अर्थमन्त्री पौडेलले विधेयकमाथि सांसदहरुले राखेका तर्क तथा विश्लेषणलाई आफूले सम्मान गर्ने बताउनु भयो ।




भर्खरै