६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली आज थाइल्यान्डको औपचारिक भ्रमणमा जाँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्यान्ड भ्रमणमा जाँदै हुनुहुन्छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको टोली दिउँसो बैंकक जान लागेको हो ।

बैंककमा आजदेखि २३ गतेसम्म बिमस्टेकको शिखर सम्मेलन हुँदै छ । बैठकमा परराष्ट्रमन्त्री आरजु राणालगायतका मन्त्रीहरू पनि सहभागी हुनेछन् । बैठकका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूसँग द्विपक्षीय भेटवार्ता हुने पनि जनाइएको छ ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य रहेका छन् ।

पाँचौँ शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा आयोजना भएको थियो भने सन् २०१८ मा नेपालले चौथो शिखर सम्मेलन आयोजना गरेको थियो । बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पका रूपमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रूपमा लिइन्छ । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सामेल छैनन् ।

बैंककमा रहँदा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण समेत गर्नुहुनेछ । कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ बर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको हो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा दुइवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्तार हुनेछ ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेश र ब्यावसायीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली चैत्र २२ गते बिमेस्टेक सम्मेलनलाई सम्वोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले थाइल्याण्डमा रहँदा बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुसँग एकपक्षीय तथा दुइपक्षीय भेटघाट गर्ने तय भएको छ । प्रधानमन्त्री ओली चैत्र २३ गते स्वदेश फर्कनुहुनेछ ।