२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेले संसदमा गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको कार्यसूचिबाट गृहमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रमहरु हटाइएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिने कार्यसूचि राखिएको थियो । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै उक्त कार्यक्रम कार्यसूचिबाट हटाइएको हो ।

सांसद बोहराको मंगलवार उपचारका क्रममा निधन भएको छ । आजको प्रतिनिधि सभाको कारबाही शुरु गर्दै सभामुख देवराज घिमिरेले भन्नुभयो, ‘माननीय सदस्यहरु विशेष कारणवश आजको क्रमसंख्या १ देखि क्रमसंख्या ८ सम्मका कार्यक्रमहरु सूचि हटाइएको जानकारी गराउँछु । साथै माननीय गृहमन्त्रीले बोल्नको लागि समय समय माग गर्नुभएकोमा सो समेत हटाइएको व्यहोरा जानकारी गराउँछु ।’

संसदको चालु अधिवेशन मंगलवार राति १२ बजेबाट अन्त्य हुँदैछ । बैठकमा सभामुख घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराउनु भयो ।