२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यकः सांसद गिरी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गिरीले यस्तो बताउनुभएको हो ।

उहाँले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताउनु भयो । उहाँले नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भएपनि चलखेल गरिएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ । त्यो खोलियोस् त । त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेको थियो । कसैले हिन्दु राष्ट्रलाई हटाउ भनेको अवस्था थिएन । संसारभरी एउटा हिन्दु राष्ट्र भएको हेर्ने धेरैको रहर थियो । अहिले पनि ति अभिलेख र रायहरु हेरियोस् न । नेपालमा हिन्दु राष्ट्र अत्यन्त आवश्यक परिरहेको अवस्था छ ।’
उहाँले नेपाल हिन्दुराष्ट्र बन्न आवश्यक रहेको बताउनु भयो ।