लेबनानको राजधानी बेरूतमा मंगलबार भएको भयानक विष्फोटमा हालसम्म १०० जनाको मृत्यु भइसकेको छ। अत्यधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा विस्फोट हुँदा करिब ४ हजार बढी मानिस घाइते भएको बिबिसीले जनाएको छ।
लेबनानी सरकारी अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने जनाएका छन्। लेबनानका राष्ट्रपति मिचेल अउनले सो गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा(सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको बताउँदै सो लापरवाही अस्वीकार्य भएको बताएका छन्।
घटनालाई लिएर उनले बुधबार मन्त्रिपरिषदको आपतकालीन बैठक डाकेका छन्। उनले दुई साता देशमा आपतकाल घोषणा गर्नुपर्ने बताएका छन्।












