२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’



अ+ अ-

काठमाडौँ । अभिनेता प्रदीप खड्काले चलचित्र ‘पीताम्बर’ का लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको बताउनुभएको छ । चलचित्र ‘पीताम्बर’ को श्रव्यदृश्य ९ट्रेलर० सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता खड्काले आफूले पात्रका लागि शारीरिक तौल घटबढसँगै आवश्यक तयारी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्देशक, निर्मातासहितको निर्माण समूहले मलाई सुहाउँदो भूमिका छ र यसको तयारी गर्नुपर्छ भनेपछि मैले आफ्नोतर्फबाट सक्दो प्रयास गरेको छु । यसअगाडि एक सामाजिक विषयसँग सम्बन्धित चलचित्रका लागि तौल घटाएको थिएँ, यसका लागि बढाएर आफूलाई पात्रअनुसार तयार गरेँ । एक महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र बनाउँछु भनेपछि मैले आफ्नोतर्फबाट सक्दो मेहनत गरेको छु ।”

उहाँले बिना सम्झौता चलचित्र तयार भएको र सामाजिक विषयलाई द्वन्द्व विधामा प्रस्तुत गरिएको जानकारी दिनुभयो । प्राय प्रेम कथानक चलचित्रमा अभिनय गर्नुभएका अभिनेता खड्काले पहिलोपटक यस प्रकारको द्वन्द्व विधामा तयार भएको चलचित्रमा अभिनय गर्नुभएको हो । सो चलचित्रकी निर्देशक कृषा चौलागाईंले महिला निर्देशक हुँदैमा विधागत रुपमा कमजोर ठान्नेलाई आफ्नो कामले जवाफ दिएको बताउनुभयो ।

“यति धेरै कलाकार र प्राविधिकलाई लिएर एउटी महिला निर्देशकले कसरी काम गर्न सक्छिन् भन्ने प्रश्न धेरैको थियो । त्यसैले मलाई काममा झनै लगनशील रहन र मेहनत गर्न प्रेरित ग¥यो । चलचित्र भव्य बनेको छ । यो सम्भव हुनुमा सम्पूर्ण कलाकारले म प्रति गर्नुभएको विश्वास र निर्माण समूहको सहयोग मुख्य कारण रहेको छ । मैले चलचित्रलाई राम्रो बनाउन कुनै सम्झौता गरेकी छैन । महिला भएकै कारण सामाजिक विधामा मात्र चलचित्र बनाउन सक्छन भन्नेलाई मेरो कामले जवाफ दिएको छ”, उहाँले भन्नुभयो ।

सो चलचित्रमा अभिनेता खड्कासँगै दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्टलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

विशाल चौलागाईं निर्माता रहनुभएको उक्त चलचित्रमा पुरुषोत्तम प्रधानले छायाङ्कन निर्देशक, प्रदीप भारद्वाज र अभिमन्यु निरवीले पटकथा र संवाद लेखन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायाङ्कन, बन्दे प्रसादले सम्पादन, आशीष अविरल र बाबुल गिरीले सङ्गीत सिर्जना, हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको सो अवसरमा बताइयो ।