२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक छिटो पारित गर्नुपर्नेमा जोड



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद रघुजी पन्तले निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई छिटो पारित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले विधेयकमा बढी व्यवस्थापनको कुरामा मात्रै केन्द्रित भएको र नियमनको कुरा नरहेको बताउनु भयो । उहाँले विधेयकको जोड प्राकृतिक श्रोत साधनको प्रयोग बढी गर्ने विषयमा रहेको र प्रयोगपछि तिनीहरुको पुनःभरण कसरी गर्ने? भन्नेमा नबोलेको बताउनु भयो । वातावरण संरक्षण, रोडा, ढुंगा उत्खननका बारेमा नबोलिएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यसमा बढी व्यवस्थापनको कुरा फोकस भएको छ । नियमनको कुरा छैन । यसले उपयोगको पक्षमा मात्रै बोलेको छ । यो विधेयकको जोड प्राकृतिक श्रोत साधनको प्रयोग बढी गर्ने विषयमा जोड बढी छ । प्रयोगपछि तिनीहरुको पुनःभरण कसरी गर्ने ? भन्नेमा चाहिने कुराहरु राख्न सकेको छैन । वातावरण संरक्षण, रोडा, ढुंगा उत्खननका बारेमा बोलिएको छैन । बाटो गलत ढंगले बनाएर पहिरो, ढुंगाखानीको कारणले पहिरो गएको छ, बस्ती उठेको छ । प्राकृतिक विनाशको मूल्य चुकाएर त्यसबापत रिटर्न के भएको छ । यो विधेयक बनाउँदा गम्भीरतापूर्वक सोच्नुपर्छ । प्राकृतिक श्रोतहरुको दुरुपयोग र उत्खनन कम गर्नुपर्छ ।’

सांसद पन्तले स्थानीय तहमा सडक निर्माण भइरहँदा प्रकृतिको दोहन हुनुका साथै बस्ती विनाश भइरहेको बताउनु भयो ।