२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेता बोहराको अन्त्येष्टि



अ+ अ-

काठमाडौँ, २० चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहराको आज अन्त्येष्टि गरिएको छ । उहाँको उपचारको क्रममा मङ्गलबार ७६ वर्षको उमेरमा निधन भएको थियो ।

सांसद बोहराको आज पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । उहाँको पार्थिव शरीरमा छोराहरु गौरव बोहरा र प्रज्ज्वल बोहराले दागबत्ती दिनुभएको थियो ।

सभामुख देवराज घिमिरे, उप्रप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे तथा राप्रपाका नेता कार्यकर्ताले पशुपति आर्यघाटमा पुगेर नेता बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

 

त्यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेता बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यसअघि राप्रपाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उपसभामुख इन्दिरा राना, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, नेकपा (एमाले) सचिव योगेश भट्टराई र राप्रपाका नेता तथा कार्यक्रताले बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।




भर्खरै