२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गण्डकीलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन’



अ+ अ-

बागलुङ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन भएको बताउनुभएको छ । बागलुङमा आज आयोजित धार्मिक सम्मेलन तथा ऐतिहासिक चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै उहाँले सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा प्रदेश सरकार लागेको बताउनुभयो ।

धार्मिक तथा पर्यटकीय हिसाबले गण्डकी प्रदेश अब्बल रहेको उल्लेख गर्दै हरेक वर्ष प्रदेश सरकारले करोडौँ रकम पूर्वधार निर्माण र प्रवर्द्धनमा लगानी गर्दै आएको उहाँको भनाइ छ । धार्मिक पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटकलाई केही समय अडिने वातावरण बनाउँदा त्यसले प्रदेश र स्थानीय तहको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्राकृतिक सुन्दरता र धार्मिक हिसाबले गण्डकी प्रदेश पवित्र छ, बर्सेनि हजारौँ विदेशी धार्मिक पर्यटक यहाँ आउँछन्, उनीहरूलाई धेरै दिन यस क्षेत्रमा टिकाउनका लागि अझै धेरै पूर्वाधार निर्माण गर्न जरूरी छ, सीमित स्रोत साधानका कारण एकै पटक धेरै काम गर्न सकिएको छैन, यद्यपि क्रमिक रूपमा गर्दै जाने छौँ ।”

मुख्यमन्त्री पाण्डेलले नेपाल, बहुभाषा, बहुधर्म, बहुसंस्कृति भएको देशमा धार्मिक सहिष्णुता विथोल्ने प्रयास भएको बताउनुभयो । पछिल्लो समय अराजकता मौलाउँदै गएको भन्दै यस्ता गतिविधिलाई नियन्त्रण गर्न जरूरी रहेको उहाँको भनाइ छ । रासस