२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ मन्त्रालयले २५ प्रतिशत बजेट काटिदिँदा दशौं राष्ट्रिय खेलकुदको आयोजनामा प्रभावितः खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्नबाट आफ्नो मन्त्रालय पन्छिन नखोजेको र अर्थ मन्त्रालयले खेलकुदका लागि छुट्याइएको बजेटमा २५ प्रतिशत काटिदिँदा समस्या उत्पन्न भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीवारको बैठकमा खेलकुदमन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्नबाट आफू पन्छिन नखोजेको र दशौं खेलकुदका लागि छुट्याएको ६० करोड बजेटमा २५ प्रतिशत काटिँदा त्यसको सुनिश्चिततामा केही समस्या हुँदा प्रभावित भएको बताउनुभएको हो । मन्त्री चौधरीले काटिएको बजेट नआएको खण्डमा खर्च भएको रकम कहाँबाट तिर्ने भन्ने समस्याका कारण केही समय तयारी प्रभावित भएको पनि स्वीकार गर्नुभयो । बजेट पनि खर्च गर्ने र उपलब्धि पनि नहुने अवस्था आउन नदिने गरी काम गर्दा दशौं आयोजनामा ढिलाइ भएको मन्त्री चौधरीको दाबी छ ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्यसचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न अवरोध पुगेका केही प्राविधिक पक्षमा काम भइरहेकाले खेलकुद सञ्चालनका निम्ती आवश्यक प्रक्रिया पनि अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । सदस्यसचिव घिसिङले सबै तयारी गरिरहँदा पनि केही प्राविधिक कारणले दशौं राष्ट्रिय खेलकुदको आयोजनामा केही अलमल देखिएको उल्लेख गर्नुभयो । अर्थ मन्त्रालयबाट खेलकुदका आयोजनाका लागि यसअघि छुट्याइएको ६० करोड बजेटमा २५ प्रतिशत रोक्का भैरहेको अवस्थामा आयोजनाका बारेमा केही अल्योलता सिर्जना भएको सदस्यसचिव घिसिङको भनाइ छ । फेरि काटिएको बजेट फुक्का गरिदिनका लागि राखेपले गत चैत १७ गते नै खेलकुद मन्त्रालयमार्पmत पत्र पठाउने प्रक्रियामा नै जुट्नुपरेको उहाँले बताउनु भयो । काटिएको बजेटबारे सुनिश्चितता नहुँदा के गर्ने भन्ने बारेमा अलमल भएपनि अहिले अर्थ मन्त्रालयले पनि त्यसलाई फुकुवा गर्ने बताइएको उनको भनाइ छ ।

राखेपका सदस्यसचिव घिसिङले बजेट सूचना प्रणाली९एलएमबिआइएस० मा इन्ट्री गर्नका लागि खेलकुद मन्त्रालयलाई अनुरोध गरिसकेको र त्यसबारे मन्त्रालयले आवश्यक कार्य गरिरहेको सूचना प्राप्त भएको बताउनुभ भयो । घिसिङले यसपल्ट जेठमा निर्धारण गरिएको समयमा सम्पन्न गर्नेगरी राखेपले काम गरिरहेको पनि समितिलाई जानकारी गराउनुभएको थियो । सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार सबै प्रक्रियाका काम टुङ्ग्याउनका लागि ४० दिनको समयावधि पर्याप्त नहुँदा चैतमा तय गरिएको दशौं राष्ट्रिय खेलकुदको आयोजना गर्न नसकिने भएकाले जेठको ३ देखि १० गतेसम्म तोकिएको बताउनु भयो । फेरि अर्थ मन्त्रालयको गत फागुन ८ गतेको राय सहमतिअनुसार खर्चको नम्र्स र शीर्षगत बाँडफाँड सम्बन्धि निर्णयहरू लिनुपर्ने परिस्थित आएको र त्यसपछि राखेपको १५ गतेको बोर्ड बैठकले तीसम्बन्धि निर्णय गरिएको समितिलाई जानकारी गराउनु भयो । ती निर्णय भएसँगै दशौं आयोजनाका लागि कामहरू तिब्र गतिका साथ अगाडि बढाएको र अहिले मुल आयोजकको समितिका साथै कार्यसम्पादन समितिको बैठकहरू भइरहेको उहाँको भनाइ छ । उहाँले दशौं राष्ट्रिय खेलकुदका मस्कट र लोगो सार्वजनिक भैसकेको र आयोजनास्थल कर्णाली प्रदेशमा पनि सचिवालय स्थापना गरि यसको आयोजनाको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्नुभयो ।

सहभागी हुने विभागीय टोली र प्रदेश पनि छनोटको तयारीमा जुटिरहेको राखेपका सदस्यसचिव घिसिङ बताउनु हुन्छ । गत चैत १२ गते युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा सबै प्रदेशका मन्त्री र सहभागी टोलीका साथै विषयगत समितिको बैठक सम्पन्न भएको र त्यो बैठकले दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने निर्णय गरेको उहाँले बतउनु भयो ।

कर्णाली प्रदेश सरकारले खेलकुद आयोजनाको लागि बनेका भौतिक पूर्वाधार निर्माण भइसकेपछि त्यसको भुक्तानी गर्ने बजेट नहुँदा केन्द्र सरकारसँग माग गरेको र त्यसको भुक्तानीका लागि आवश्यक प्रक्रिया पनि अगाडि बढाइसकेको सदस्यसचिव घिसिङले बताउनु भयो ।