२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोली म्याग्दीमा



अ+ अ-

म्याग्दी । धार्मिक पर्यटन प्रर्वद्धन, कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षण र धार्मिक सद्भावको उद्देश्यसहित नवलपरासीको गजेन्द्रमोज्ञनारायण–मुस्ताङको मुक्तिनाथ रथयात्रामा निस्किएको टोली आज यहाँ आइपुगेको छ ।

स्वामी कमलनयनाचार्यको नेतृत्वमा यही चैत १८ गजेन्द्रमोज्ञनारायणदेखि सुरु भएको रथयात्रा टोली देवघाट, पोखरा, बागलुङ हँुदै म्याग्दी आएको हो । भजनकीर्तनसहित आइपुगेको रथयात्रा टोलीलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतले बेनीमा स्वागत गर्नुभएको थियो । बेनी बजारवासीले घरअगाडि जलघडा राखेर स्वागत गरेका छन् ।

बेनीदेखि धार्मिक स्थल गलेश्वर मन्दिरसम्म पैदलयात्रा गरेको रथयात्राको टोली २४ गते मुक्तिनाथ पुगेर छमहिने धार्मिक महोत्सव सुरु गर्ने कार्यक्रम छ । वैदिक सनातन संस्कार–संस्कृति, शालग्राम, कालीगण्डकी, गोवंश, जल, प्रकृति, पर्यावरण संरक्षण, सामाजिक एकता, राष्ट्रियता र आदर्श समाजको निर्माण तथा पर्यटन प्रर्वद्धन गर्नाका साथै विश्वशान्ति र राष्ट्र समुन्नतिको कामना गर्ने उद्देश्यले रामनवमी पर्वको अवसरमा रथयात्रा आयोजना गरिएको स्वामी कमलयनाचार्यले बताउनुभयो ।

वेद, उपनिषद्, रामायण, महाभारत, पुराण, गीता, विष्णुसहश्रनामलगायत स्तोत्ररत्नादि वैदिकशास्त्रको पाठपाराणय, भगवद् आराधनासहित विशेष अनुष्ठान र हवन गरिने छ महिनासम्म सञ्चालन हुने महोत्सवमार्फत पाँच लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । रथयात्रा र धार्मिक महोत्सवले कालीगण्डकी किनारका धार्मिक पर्यटकीयस्थलहरुको पहिचान, प्रचारप्रसार र प्रर्वद्धनका साथै संरक्षण र विकासमा राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ । रासस