२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्सबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एण्ड वोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी भएको छ ।

थाइल्याण्डको राजधानी बैंकक भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडले आफ्नै कार्यालयमा द्विपक्षीय वार्ता गर्दै संयुक्त वाणिज्य परिषद् गठन समझदारी गरेको हो ।

दुवै देशमा लगानी प्रवद्र्धन र लगानी आदान प्रदान गर्न संयुक्त वाणिज्य परिषद्ले सहजिकरण गर्ने बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दै बैंककमा रहनुभएका चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएको अवस्थामा लगानीको लागि सम्भावित क्षेत्र पहिचान गर्न वाणिज्य परिषद्ले सघाउने बताउनु भयो । उहाँले नेपालमा पर्यटन, सेवा, खाद्यवस्तु प्रशोधन, प्याकेजिङ, निर्माण सामग्री उत्पादनमा थाइ व्यवसायीले इच्छा देखाएको बताउनु भयो । वार्तामा उद्योगी नेपालीहरुलाई अनअराइभल भिसा उपलब्ध गराउन थाइ चेम्बर अफ कमर्सलाई आग्रह गरेको पनि अध्यक्ष ढकालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले खास गरेर नेपालमा लगानी गर्नको लागि थाइ व्यवसायीहरुलाई आग्रह गर्यौं । हामीले उहाँहरुलाई नेपालको पुरानो कानूनहरु परिवर्तन भएको र लगानीको लागि सहज वातावरण बनेको तथा सरकारले पनि विदेशी लगानीलाई प्राथमिकता दिएको भन्दै लगानीका आह्वान ग¥यौं । उहाँहरु पनि पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा इच्छा देखाएको छ । त्यसैगरी हामीले नेपालबाट आउने उद्योगीहरुलाई अनअराइभल भिसाको लागि थाइ सरकारसँग पहल गरिदिनिुस् भनेर हामीले आग्रह गरेका छौं । उहाँहरुले पहल गर्ने बताउनु भयो । उहाँहरुले नेपालमा राजनीतिक स्थिरता नभएको हुनाले नेपालमा लगानीको सम्भावना के हुन्छ भनेर चिन्ता पनि व्यक्त गर्नुभयो । हामीले राजनीतिक क्रियाकलाप र आर्थिक पाटो भिन्नै भएकाले अहिले नीति समेत परिवर्तन भएको कारण त्यसले फरक पार्दैन भन्ने कुराहरु राखेका छौं ।’

थाइ व्यवसायीहरुले नेपालमा राजनीतिक स्थिरता नभएको कारण लगानी प्रभावित हुनेकुरा राखेको अध्यक्ष ढकालले बताउनु भयो । सरकारले वैदेशिक लगानी समहजिकरणका लागि नीति समेत फेरबदल गरेको कारण लगानी प्रभावित नहुने आफूहरुले धारणा राखेको उहाँको भनाइ छ । बिमस्टेक चेम्बर गठन गर्ने प्रक्रियामा पनि सदस्य राष्ट्रहरुसँग छलफल गरेर सक्रिय बनाउने कुरामा पनि आफूहरु अघि बढेको बताउनु भयो । —