२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामनवमी पर्वका अवसरमा राम मन्दिरमा भक्तजनको भीड



अ+ अ-

काठमाडौँ । आज रामनवमी पर्व मनाइँदैछ । रामनवमीको अवसरमा काठमाडौंमा पनि भगवान श्रीरामका मन्दिरमा पुग्ने दर्शनार्थीहरुको भीड उल्लेख्य छ ।

काठमाडौंको पशुपतिस्थित राम मन्दिर, बत्तिसपुतलीस्थित राम मन्दिर लगायतका राममन्दिरमा भक्तजनको भीड रहेको छ । चैत्र शुक्ल नवमीको दिन भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ । त्रेतायुगमा भगवान राम र माता सीतासँग जनकपुरधाममै विवाह भएको थियो ।

आज विशेष गरेर जनकपुर धाममा रामनवमी पर्व मनाइँदैछ ।