२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले कोशीको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुङ्गो लगाउने



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कोशी प्रदेशमा देखिएको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुङ्गो लगाउने भएको छ ।

यही चैत २६ र २७ गते सुनसरीमा हुने कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा त्यस क्षेत्रको नामकरणमा देखिएको पहिचानको समस्या समाधान गर्न १४ जिल्लाका प्रतिनिधिबीच छलफल गरी मध्यमार्गी उपायबारे पार्टीको धारणा तय गरिने बाट टुङ्गो लगाइने पार्टी केन्द्रीय सचिव एवं कोशी प्रदेश अधिवेशनका संयोजक बलदेव चौधरीले बताउनुभयो ।

अधिवेशनमा नयाँ नेतृत्व चयनका साथै प्रदेशको विकास निर्माणका दीर्घकालीन योजना, जनताको समस्या समाधानका उपाय, साङ्गठनिक अवस्थाको समीक्षा गरिने उहाँले जानकारी दिनुभयो ।

अधिवेशनमा उक्त प्रदेशमा रहेका १४ जिल्लाका विभिन्न सङ्घ तथा जनवर्गीय सङ्गठनहरूबाट करिब ७०० प्रतिनिधि सहभागी हुने जनाइएको छ । रासस