२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी



फाईल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताउनुभएको छ ।

सो पार्टीले आजदेखि रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु गरेको ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा’ नामक सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलनमा उहाँले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र मात्र हुने बताउनुभयो ।

अध्यक्ष केसीले भन्नुभयो, “गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन, २४० वर्षको राजतन्त्रमा जनताले दुःख पाएको र देश विकास हुन नसकेको छर्लङ्गै छ । हाल गणतन्त्रका नाममा सत्तामा बस्नेहरूले राम्रो काम गर्न नसकेकाले जनअसन्तुष्टि देखिएको छ, जनताले सडकबाट चेतावनी दिएका छन्, यो सत्तामा रहेका दलका नेताहरूमाथि पनि कारबाही हो ।

मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएको भन्दै मुलुकको राष्ट्रियता रक्षाका निम्ति सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । चैत ३० गतेसम्म हुने आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शनसहितको सभा गर्ने र सङ्घीयता खारेजीको माग गरिने अध्यक्ष केसीले बताउनुभयो । रासस