२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज कोलकाता र लखनऊ खेल्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा आज दोहोरो हेडरको पहिलो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) र लखनऊ सुपर जायन्ट्स (एलएसजी) खेल्दैछन्। कोलकाताको इडेन गार्डेनमा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो ३:४५बजेबाट सुरु हुनेछ।

यस सिजनमा अहिलेसम्म दुवै टोलीले ४/४ खेल खेलेका छन्। जसमा दुवैले २/२ जितेका छन् भने २/२ हारेका छन्। आईपीएलमा अहिलेसम्म कोलकाता र लखनउबीच इडेन गार्डेनमा २ खेल भएका छन्, जसमध्ये दुवैले १/१ जितेका छन्।

हेड-टु-हेडमा लखनउ अगाडि

आईपीएलमा अहिलेसम्म दुई टोलीबीच जम्मा ५ खेल खेलिएका छन्। लखनउले ३ र कोलकाताले २ जितेको छ।

सम्भावित प्लेइङ-१२

कोलकाता नाइट राइडर्स: अजिंक्य रहाणे (कप्तान), सुनिल नारायण, क्विन्टन डी कक (विकेटकिपर), अङ्क्रिश रघुवंशी, भेंकटेश अय्यर, रिंकु सिंह, रमनदीप सिंह, आन्द्रे रसेल, हर्षित राणा, वरुण चक्रवर्ती, मोइन अली र अरविभ अली।

लखनऊ सुपर जायन्ट्स:

ऋषभ पन्त (कप्तान र विकेटकीपर), मिचेल मार्स, एडेन मार्कराम, निकोलस पूरन, आयुष बडोनी, डेभिड मिलर, अब्दुल समद, शार्दुल ठाकुर, दिग्वेश सिंह, रवि बिश्नोई, आवेश खान र एम सिद्धार्थ।