२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनाथ बालबालिकालाई आवासीय सुविधासहित नि:शुल्क शिक्षा



अ+ अ-

दिपायल । डोटीमा अनाथ बालबालिकालाई आवासीय सुविधासहित नि:शुल्क शिक्षा प्रदान गरिने भएको छ ।

जिल्लाको बडीकेदार गाउँपालिकाले वडा नं १ स्थित दुर्गा माध्यमिक विद्यालयमा देउलीमा छात्रावास सञ्चालन गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित नि:शुल्क पठनपाठनको प्रबन्ध गरिने गाउँपालिकाले जनाएको छ ।

शैक्षिकसत्र २०८२ वैशाखदेखि सञ्चालन हुनेगरी तयारी गरिएको गाउँपालिका अध्यक्ष भैरवबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँपालिकाले पालिकाभित्र स्थायी बसोबास भएका आमा र बुबा दुवै नभएका आर्थिक रुपले विपन्न बालबालिकाका लागि नि:शुल्क आवासीय सुविधासहितको पठनपाठनको व्यवस्था गरिने बताउनुभयो ।

साथै सो कार्यक्रम सञ्चालन गर्नका लागि गाउँपालिकाका पाँचै वडाभित्र स्थायी बसोबास भएका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यालय उमेर समूहका बालबालिकाले गाउँपालिकाका टुहुरा असहाय, आर्थिक रुपले विपन्न भएका विद्यार्थीका लागि आर्थिक सहायतासम्बन्धी कार्यविधि २०८१ निर्माण गरी तयारी गरिएको पनि अध्यक्ष साउदले बताउनुभयो ।

गाउँपालिकाको टुहुरा असहाय, आर्थिक रुपले विपन्न भएका विद्यार्थीका लागि आर्थिक सहायतासम्बन्धी कार्यविधि २०८१ अनुसूची १ बमोजिम सातदिने सूचना निकाली अनाथ बालबालिकाको लागत सङ्कलन पनि भइसकेको अध्यक्ष साउदले बताउनुभयो ।

गाउँपालिकाको गाउँ कार्यपालिकाबाट निर्णय गरी अनाथ बालबालिकालाई नि:शुल्क पठनपाठन तथा खानबस्ने व्यवस्थाका लागि वैशाख, जेठ र असारका लागि रु चार लाख रकम विनियोजित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताउनुुभयो । बाँकी रकम आर्थिक वर्ष २०८२ को अधिवेशनबाट विनियोजित गरी व्यवस्था गरिने पनि प्रमुख प्रशासकीय अधिकृत बुढाले बताउनुभयो ।

गाउँपालिकाको शिक्षा शाखाको सहजीकरणमा अनाथ बालबालिकालाई नि:शुल्क पठनपाठनका लागि पहल भइरहेको गाउँपालिका शिक्षा शाखाप्रमुुख विवेक देउवाले बताउनुभयो । आवासीय रुपमा सञ्चालन गर्न र व्यवस्थापन गर्नका लागि एकजना कर्मचारी गाउँपालिकाले व्यवस्था गर्ने तथा बाँकी पठनपाठनका लागि सम्बन्धित विद्यालयले गर्नुपर्ने शिक्षा शाखाप्रमुख देउवाले बताउनुभयो ।