२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघद्धारा म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

महासंघका विपद् व्यवस्थापन समितिका सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधी मार्फत राहत सामाग्री हस्तान्तरण गरेको हो ।

महासंघले राहत स्वरुप चामल, मसुरो दाल, भाडाँकुडाको सेट, मस्क्युटो नेट, ब्लड ब्याग, ब्लड ट्रान्सफ्यूजन सेट, ब्यान्डेज, इलास्टिक एडजेस्टेबल ब्याण्ड तथा पेपर टेप लगायतका सामग्रीहरु प्रदान गरेको हमालले जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले देश भित्र र बाहिर हुने प्राकृतिक विपत्तिका घटनाहरुमा राहत सामग्री वितरण गर्दै आइरहेकामा पछिल्लो पटक म्यानमारका लागि यो सामग्री हस्तान्तरण गरिएको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।
२०८१ चैत्र १५ (२८ मार्च २०२५) मा ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठुलो क्षति पुर्‍याएको छ । त्यस लगत्तै २०८१ साल चैत्र २१ गते परराष्ट्र मन्त्रालयमा बसेको बैठक अनुसार म्यानमारमा भूकम्प पिडितहरुका लागि राहत पठाउने निर्णय भएको थियो ।