२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएलमा काठमाडौँको पहिलो जित



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग ९एनएसएल० फुटबल प्रतियोगितामा काठमाडौँ रेजर्सले पहिलो जीत निकालेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौँले बुटवल लुम्बिनी एफसीमाथि १–० को जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

काठमाडौँका लागि अमाडु डिओपले खेलको ८९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै काठमाडौँ अङ्क तालिकाको तेस्रो नम्बरमा उक्लिएको छ ।

यसअघिका दुई खेलमा बराबरी र एक खेलमा हार भोगेको काठमाडौँ ५ अङ्कसहित तेस्रो नम्बरमा उक्लिएको हो । बुटवल भने अङ्क तालिकाको अन्तिममा छ । बुटवल चार खेलमध्ये एक खेलमा बराबरी र तीन खेलमा पराजित भएको थिया ।