२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमई लाइफको सजिलो ई-लोन सेवा सुरु



अ+ अ-

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले ई–लोन सेवा सुरु गरेको छ । इन्स्योरेन्सका अध्यक्ष डा. रामहरी अर्यालले ई–लोन सेवाको सुभारम्भ गर्नुभयो ।

घरबाटै बीमित (पोलिसी होल्डर) ले ऋणको लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको इन्स्योरेन्सले जनाएको छ । यो सेवा अन्तर्गत बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप वा वेबसाइटका माध्यमबाट ५ हजार देखि एक लाख रुपैयाँसम्म ई–लोन को लागि आवेदन दिन सक्नेछन ।

बीमितले कम्पनीको वेबसाइट मार्फत ऋण आबेदन चौबिसै घण्टा आफुरहेको स्थानबाटै दिन सक्नेछन भने कार्यालय समय भित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुने बित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन । यसरी ऋण लिनको निमित्त कुनैपनी अतिरिक्त सेवा शुल्क लाग्ने छैन । ऋण सुविधा पाउनको लागि बीमितको केवाईस प्रमाणीकरण पूरा हुनुको साथै बीमा शुल्क भुक्तानी गरेको कम्तिमा ३ वर्ष पुरा भइसकेको हुनुपर्ने छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले आईएमई लाइफ ई–लोन सेवाले कम्पनीका बीमितहरूलाई सरल र सहज कर्जासेवा प्रदान गर्ने विश्वास लिएको बताउदै डिजिटाइजेसन, अटोमेसन र द्रुतसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिदै ग्राहकसेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ठ बनाउदै लैजाने प्रयासको निरन्तरता भएको बताए ।

आवेदन दिने, बीमितको केवाईसी प्रमाणीकरण गर्ने प्रकृया र आबेदन फारम कम्पनीको आधिकारिक वेबसाइट वा आईएमई मोबाइल एपमा प्राप्त गर्न सकिने छ ।