२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिपोर्ट आदेशपछि अमेरिका नछाड्नेलाई दिनकै ९ सय ९८ डलर जरिवाना, तीन हजार नेपाली प्रभावित



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले देश निकालाको आदेश पाएका आप्रवासी अमेरिकाबाट ननिस्किएमा ठूलो जरिवाना लगाउने योजना बनाएको छ ।

राष्ट्रपति ट्रम्पको अमेरिकी इतिहासमा सबैभन्दा ठूलो देशनिकाला अभियान चलाउने प्रयासमा देशनिकालाको आदेश भएका आप्रवासीहरू अमेरिकाबाट ननिस्किएमा दैनिक ९ सय ९८ डलरसम्म जरिवाना लगाउने तयारी छ । जरिवाना तिर्न नसक्नेहरुको सम्पत्ति जफत गरिनेछ ।

कागजात नभएका वा देशनिकालाको आदेश पाएका आप्रवासीहरूले सीबीपी होम एप प्रयोग गरेर देश नछाडे परिणाम भोग्नुपर्ने ट्रम्प प्रशासनले चेतावनी दिएको छ । यसमा कागजात नभएका आप्रवासीले अन्तिम निर्वासन आदेशभन्दा बढी बसेको प्रत्येक दिनको लागि ९९८ डलर जरिवाना समावेश छ ।

यो योजना सन् १९९६ को संघीय कानुनबाट आएको हो, जसमा अन्तिम देशनिकालाको आदेश प्राप्त कुनै पनि आप्रवासीले देश नछाडेमा प्रत्येक दिन ५०० डलरसम्म जरिवानाको सामना गर्नुपर्ने उल्लेख छ । तर, प्रशासनले यो दण्डलाई पछिल्लो पाँच वर्षसम्म पूर्वव्यापी रूपमा लागू गर्ने प्रस्ताव गरेको छ, जसले १० लाख डलरभन्दा बढी जरिवाना निम्त्याउन सक्छ ।

यो योजना डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आप्रवासीहरूलाई आफै देश छाड्न चेतावनी जारी गरेको एक हप्तापछि आएको हो, जसमा एजेन्सीले उनीहरूलाई फेला पारी देशनिकाला गर्नुअघि नै देश छोड्न आग्रह गरिएको थियो । चेतावनीमा ९९८ डलर प्रतिदिनको जरिवानाको धम्कीका साथै आफै अमेरिका छाड्ने दाबी गरेर अमेरिका नछाडेमा १ हजार देखि ५ हजार डलरसम्मको जरिवाना वा जेल सजाय पनि उल्लेख थियो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् १९९६ को कानुनलाई सन् २०१८ मा प्रयोग गरेर निर्वासन आदेशपछि अमेरिका नछोड्ने नौ आप्रवासीविरुद्ध लाखौं डलर जरिवाना लगाएका थिए । पछि उनको प्रशासनले अधिकांश जरिवाना फिर्ता लिएको वा साना रकम मात्रै असुल गरेको थियो।

अमेरिकाको अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाएकामध्ये झण्डै ४० प्रतिशत नेपालीहरु न्युयोर्कका बासिन्दाहरु रहेको तथ्यांकले देखाएको छ ।

उनीहरुमध्ये झण्डै ३ हजार नेपालीहरु अहिले पनि अमेरिकाभित्रै रहेको झण्डै १५ सयलाई टीपीएसले संरक्षण प्रदान गरेको तथा झण्डै १४ सय कुनै पनि संरक्षण विना अमेरिकामा नै लुकिछिपी बसेको तथ्यांकले देखाएको छ । हालै आइसले सार्वजनिक गरेको तथ्यांक अनुशार १३ सय ५६ जना नेपाली देशनिकालाको आदेशपछि पनि टीपीएस लगायत विना कुनै संरक्षण अमेरिकामा नै बसिरहेका छन् । अर्थात् उनीहरु सन् २०१५ को जुनपछि देशनिकालाको आदेश पाउनेहरु हुन् । ट्रम्पको योजना लागु भएमा उनीहरु तत्कालै जरिवानाको अधिनमा हुनेछन् ।

बाइडेनकालका ४ वर्षमा झण्डै ६ सय नेपालीले देशनिकालाको आदेश पाएकोमा अघिल्लो ट्रम्प प्रशासनका ४ वर्षमा झण्डै ९ सय नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । चालु आर्थिक वर्षको ३ महिनामा ४० जना नेपालीहरुले अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाइसकेका छन् ।