२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति लामिछानेलाई गैरकानुनी तवरबाट पक्राउ गरिएको भन्दै रास्वपाका नेताहरू मानव अधिकार कार्यालय जाँदै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी तवरबाट पक्राउ गरिएको भन्दै रास्वपाका नेताहरू मानव अधिकार आयोगको कार्यालय जाँदैछन् ।

सभापति लामिछानेलाई गैरकानुनी पक्राउ गरिएको र पक्राउ गर्दाको प्रहरीले गरेको ज्यादतीविरुद्ध ध्यानाकर्षण गराउन अहिले ११ः३० बजे पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय जान आटेको पार्टीको केन्द्रीय सदस्य शिशिर खनालले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको इजलासले थुनामा राख्न आदेश दिएपछि प्रहरीले शुक्रवार लामिछानेलाई उनकै घरबाट पक्राउ गरेको थियो ।