२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठ नगरपालिकासँग कर्णालीका चार पालिकाको शैक्षिक समझदारीमा सम्झौता



अ+ अ-

सुर्खेत।  काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले कर्णालीका दुई जिल्लाका चार पालिकासँग शैक्षिक समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

जाजरकोटको कुशे गाउँपालिका र ठूलीभेरी नगरपालिका तथा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा शैक्षिक समझदारीपत्रमा हस्ताक्षर भएको बूढानीलकण्ठका शिक्षा महाशाखाका प्रमुख उपसचिव ललितविक्रम सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार डोल्पाका दुई स्थानीय तह र आज जाजरकोटका दुई स्थानीय तहसँग शैक्षिक क्षेत्रको सुधार तथा विकासका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाका तर्फबाट प्रमुख जनचन्द्र रोकाय, शे–फोक्सुण्डो गाउँपालिकाका तर्फबाट अध्यक्ष धावासम्दुक गुरुङ र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । जाजरकोटको भेरी नगरपालिकाका तर्फबाट उपप्रमुख सीता जैसी, कुशे गाउँपालिकाका तर्फबाट देवीका सिंहले हस्ताक्षर गर्नुभएको थियो । बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट नगरप्रमुख अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गनुभएको छ ।

दुई जिल्लाका चार स्थानीय तहको शैक्षिक क्षेत्रको विकास तथा एकअर्का पालिकामा भएका असल अभ्यासलाई अनुशरण गर्नेगरी प्रमुखहरूबीच समझदारी भएका सिंहले जानकारी दिनुभयो । यस प्रकारको समझदारीले दुर्गमका पालिकाको शिक्षा क्षेत्रमा सुधार गर्न सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस