२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली श्रम बजारमा विदेशीहरु रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा छौँः अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली श्रम बजारमा विदेशीहरु रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।
उहाँले देशभित्र रोजगारीका अवसरहरु सिर्जना गर्ने र देशका नागरिकहरुलाई खुशीसाथ स्वदेशमै राख्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको बताउनु भयो । उहाँले अहिले नेपालीहरु अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका लागि जाने गरेको भन्दै नेपाली श्रम बजारमा विदेशीहरुले रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा अघि बढिरहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपालीहरु फुर्ति र सीप लिएर फर्किरहेको बताउनु भयो । आफ्नो पुँजी र सीपलाई सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान गरिरहेको बताउनु भयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘बजेट निर्माणको पूर्वसन्ध्यामा रहेको अर्थमन्त्रीले म यो गर्छु, त्यो गर्छु भनेर बोल्नु त्यत्ति राम्रो हुँदैन । यसकारणले जे बोल्नुहुन्छ, श्रममन्त्रीले बोल्नुहुन्छ । वैदेशिक श्रकलाई मर्यादिन बनाउन चाहनुभएको छ । वैदेशिक रोजगार व्यवसायमा संलग्न संस्था र व्यक्तिहरुलाई मर्यादित बनाउन चाहिरहनुभएको छ । यहाँहरुको प्रयासमा सरकार सधैँ साथमा रहनेछ । हामी देशभित्र रोजगारीका अवसरहरु सिर्जना गर्ने र देशका नागरिकहरु मात्रै होइन, अन्तर्राष्ट्रिय श्रम बजारबाट हाम्रो श्रम बजारमा विदेशीहरुले रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने हाम्रो मिसन छ ।’

उपप्रधानमन्त्री पौडेलले आज नेपालीहरु अन्तर्राष्ट्रिय श्रम बजारमा जाने अवस्था रहेको भन्दै सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उपस्थिति जनाउनसक्ने, आर्थिक उपार्जन गर्नसक्ने र सुरक्षित ढंगले आफ्नो देश फर्किनसक्ने परिस्थिति निर्माण गर्न सक्नुपर्ने बताउनु भयो ।




भर्खरै