२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यले निर्मम दमन गरेको भन्दै राप्रपाबाट मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १५ गते तीनकुनेमा भएको घटनालाई लिएर राज्यले निर्मम दमन गरेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ।

आज राप्रपाको प्रतिनिधिमण्डलले ललितपुरस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय पुगेर उक्त पत्र एशिया प्यासिफिक क्षेत्रका मानवअधिकार अधिकृत रघु मेननलाई हस्तान्तरण गरेको हो।

ध्यानाकर्षण पत्रमा चैत १५ गते राप्रपाले आयोजना गरेको प्रदर्शनमा सुरक्षाकर्मीहरूले अत्यधिक बल प्रयोग गरेको, र बिना कुनै कारण नेताहरुलाई गिरफ्तार गरी थुनामा राखिएको भन्दै गम्भीर आपत्ति जनाइएको छ। राप्रपाले यसलाई मानवअधिकार उल्लंघनको रुपमा व्याख्या गरेको छ।

प्रतिनिधिमण्डलमा राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङ, महामन्त्री शरदराज पाठक, र युवा केन्द्रीय नेताहरूको सहभागिता रहेको थियो।

राप्रपाले यस्ता घटनाहरु दोहोरिन नदिन र पक्राउ परेका आफ्ना नेताहरूको यथाशीघ्र रिहाइको माग पनि गरेको छ। यसअघि पनि राप्रपाले सडक आन्दोलनमार्फत आफ्ना मागहरू सार्वजनिक गर्दै आएको छ।