६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको दमकमा आयोजित एमालेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च १२ लाख ६५ हजार



अ+ अ-

विराटनगर । नेकपा एमाले कोशी प्रदेशले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ ।

गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार खर्च भएको एमालेले जनाएको छ ।

प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास भएको बताए ।

उनले भने, ‘यस पटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो । यसको निरन्तरता अब पनि दिइने छ ।’ उनले वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा आएको बताए ।

इन्चार्ज राईले भने ‘एमाले सरकारमा छ र सरकारको पैसामा कार्यक्रम गर्‍यो भन्ने पनि सुने । हामीले सरकारसँग एक रुपैयाँ पनि लिएका छैनौ । हामी हाम्रै शुभचिन्तकले गरेको सहयोगमा यस्ता ठुला ठुला सभाहरू गर्न सक्छौ ।’ उनले दमकमा भएको सभाबाट प्रतिगमनकारीको मुख बन्द भएको बताए ।

उनले भने– ‘एमालेले आयोजना गरेको विशाल सभाले प्रतिगमनकारीलाई जवाफ मिलेको छ ।’ स्थायी कमिटी सदस्य समेत रहेका राईले मञ्च र साउन्डका लागि ४ लाख रुपैयाँ, स्वमसेवक परिचालनका लागि ३ लाख रुपैयाँ, झन्डा, ब्यानर र पर्चाका लागि १ लाख रुपैयाँ खर्च भएको राईले बताए ।

यस्तै जनजागरण सभामा झाँकीका लागि ३५ हजार रुपैयाँ, प्रचार प्रसारका लागि १ लाख २० हजार रुपैयाँ र विविध गरेर १ लाख रुपैयाँ खर्च भएको छ । स्वयम सेवकहरुले लगाएको टोपी भने एमाले सुनसरीले उपलब्ध गराएको छ ।

नेकपा एमाले कोशीले शनिबार झापाको दमकमा जनजागरण सभा गरेको थियो । सभामा एमाले अध्यक्ष केपी शर्माले सम्बोधन गरेका थिए । सभामा प्रदेशका विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको थियो ।