२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर वृद्धिमा कुनै पनि देशलाई छोड्दैनौँः अमेरिकी राष्ट्रपति ट्रम्प



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिनुभएको छ ।

ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्रहरूले तीव्र गतिमा कर वृद्धिको प्रतिशोधात्मक उपायलाई अपनाएको र यसले विश्वको अर्थतन्त्र उच्च जोखिमको खेलमा फसेका छ ।

‘जस्तालाई तस्तै’ व्यवहारको आदानप्रदानले चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशतसम्म बढेको छ भने बेइजिङले अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।

अमेरिकी पक्षले शुक्रबार स्मार्टफोन, ल्यापटप, सेमीकन्डक्टर र अन्य इलेक्ट्रोनिक उत्पादनहरूको लागि कर छूटको सूची दिँदै दबाबलाई केही कम गरेको थियो । यी उत्पादनका लागि चीन एक प्रमुख स्रोत हो ।

ट्रम्प र उहाँका केही शीर्ष सहयोगीहरूले ९० दिन कर छूटको गलत अर्थ लगाइएको आइतबार बताएका छन् । यो अस्थायी मात्र हुनेछ किनकि ट्रम्पको टोलीले सूचीका धेरै वस्तुहरूमा नयाँ करहरू लगाउने दिशामा छलफल गरिरहेको छ ।

“चीन मात्र होइन, विशेष गरी जसले अहिलेसम्म हामीलाई करका हिसाबले सबैभन्दा खराब व्यवहार गर्दछ१ कोही पनि ‘कर वृद्धि’को जोखिमबाट टाढा छैन, अमेरिकी राष्ट्रपतिले शनिबार राति आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल प्लेटफर्म’मा जारी सन्देशमा भन्नुभएको छ ।

यसअघि बेइजिङको वाणिज्य मन्त्रालयले शुक्रबारको कदमले ‘एउटा सानो कदममात्र हो’ भन्दै ट्रम्प प्रशासनले सम्पूर्ण कर रणनीति ‘पूर्ण रूपमा रद्द’ गर्नुपर्नेमा जोड दिएको थियो।

अमेरिकाले शुक्रबार स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको थियो । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रिने स्मार्टफोन र अन्य प्रविधिजन्य सामानलगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत थप कर लगाएको थियो ।

सेमीकन्डक्टरलाई अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूमा ‘आधारभूत’ १० प्रतिशत कर र चीनमा थपिएको १२५ प्रतिशत करबाट पनि बाहिर राखिएको छ ।

नयाँ छुटले एनभिडिया र डेल जस्ता अमेरिकी टेक कम्पनीका साथै चीनमा आईफोन र अन्य प्रिमियम उत्पादनहरू बनाउने एप्पललाई फाइदा प¥ुयाउनेछ।

अल्पकालिक राहत

अमेरिकी राष्ट्रिय प्रतिरक्षा सञ्जालका लागि महत्वपूर्ण मानिएका वस्तुहरूमा आगामी क्षेत्र–विशिष्ट करको लागि लक्षित प्राप्त केही छूट इलेक्ट्रोनिक्स उपभोक्ताहरूका लागि अल्पकालिक राहत हुन सक्छ।

“हामी आगामी राष्ट्रिय सुरक्षा कर अनुसन्धानमा सेमीकन्डक्टर र सम्पूर्ण इलेक्ट्रोनिक्स आपूर्ति श्रृङ्खलालाई हेरिरहेका छौं,” ट्रम्पले आइतबार भन्नुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार ‘अति विशिष्ट’ विवरण दिने बताउनुभएको छ भने उहाँका वाणिज्यमन्त्री हावर्ड लुटनिकले सेमीकन्डक्टर कर ‘एक वा दुई महिनाभित्र’ लागू हुने बताउनुभएको छ ।

सबै अमेरिकी व्यापार असन्तुलनलाई शून्यमा ल्याउने उद्देश्यले करको लागि प्रशासनिक शब्द प्रयोग गद लुटनिकले भन्नुभयो, “फार्मास्युटिकल उत्पादनहरू ‘पारस्परिक’ करभन्दा बाहिर पनि हुन सक्नेछन्।”

अमेरिकी राष्ट्रपति ट्रम्पले यस महिनाको सुरुमा दर्जनौं व्यापारिक साझेदारहरूमाथि व्यापक आयात करको घोषणा गरेर वित्तीय बजारलाई एकपछि अर्को गर्दै ९० दिनको विरामको घोषणा गरेका थिए।

चीनलाई उक्त छूटबाट बाहिर राखिएको छ ।

ह्वाइट हाउसले ट्रम्प चीनसँग सम्झौता हुनेमा आशावादी रहेको बताएको छ, यद्यपि अमेरिकी अधिकारीहरूले यसका लागि बेइजिङले पहिले सम्पर्क गर्नुपर्ने बताएका छन् ।

ट्रम्पका व्यापार प्रतिनिधि जेमिसन ग्रीरले आइतबार सीबीएस ‘फेस द नेसन’ सँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच वार्ताका लागि तत्काल कुनै योजना नभएको बताउनुभएको छ ।