२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाब किंग्सलाई ठूलो झट्का, स्टार खेलाडी आइपीएल २०२५ बाट बाहिरिए



अ+ अ-

काठमाडौँ । आज पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । खेलअघि श्रेयस अय्यरको कप्तानीमा रहेको टोलीका लागि नराम्रो खबर आएको छ ।

टोलीका तीव्र गतिका बलर लोकी फर्गुसन चोटका कारण सम्पूर्ण प्रतियोगिताबाट बाहिरिएका छन् । हैदराबाद विरुद्धको खेलमा उनलाई गम्भीर चोट लागेको थियो, त्यसपछि उनी मैदानबाट बाहिरिएका थिए ।

‘लकी फर्गुसन अनिश्चित कालका लागि मैदान बाहिर छन् र प्रतियोगिताको अन्त्यसम्ममा उनी फर्कने सम्भावना धेरै कम छ । मलाई लाग्छ उनी गम्भीर चोटबाट ग्रसित छन् ।’ पञ्जाब किंग्सका बलिङ प्रशिक्षक जेम्स होप्सले मुल्लानपुर रंगशालामा कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्धको खेल अघि भने ।

सनराइजर्स हैदराबादविरुद्धको छैटौं ओभरको दोस्रो बलमा फर्गुसनको देब्रे खुट्टामा चोट लागेको थियो । फिजियो आए र उनीसँग परामर्श गरेपछि, उनी ओभरको बीचमा मैदानबाट बाहिरिए र फेरि फर्किएनन् । यो खेल हैदराबादले ८ विकेटले जित्यो ।

२०२५ को आईपीएलमा लोकी फर्गुसन
पञ्जाब किंग्सले लिलामीमा फर्ग्युसनलाई २ करोड रुपैयाँमा किनेको थियो । उनी आइपीएल इतिहासमा दोस्रो सबैभन्दा फास्ट बलर हुन्, जसले गुजरात टाइटन्सबाट खेल्दा १५७.३ किलोमिटर प्रतिघण्टाको गति हासिल गरेका थिए । केही दिन अघि कप्तान श्रेयस अय्यरले पनि उनी टोलीको लागि एक महत्वपूर्ण बलर भएको बताएका थिए ।

आईपीएल २०२५ मा खेलेका ४ खेलमा उनले ६८ बल बलिङ गरेका छन्, जसमा उनले ९.१८ को इकोनोमीमा १०४ रन दिएका छन् । उनको नाममा ५ विकेट छन् । आईपीएलको कुरा गर्दा, उनले २०१७ देखि ४९ खेलमा ५१ विकेट लिएका छन्, उनको उत्कृष्ट स्पेल २८ रनमा ४ विकेट लिनु हो ।