२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानलाई ‘घरमै घुसेर मार्छु’ भनी धम्की दिने व्यक्ति पक्राउ



अ+ अ-

एजेन्सी । सोमबार बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सलमानको लागि यो म्यासेज वडोदरा नजिकैको एउटा गाउँबाट पठाइएको थियो । म्यासेज पठाउने व्यक्ति २६ वर्षका छन् ।

अप्रिल १४ मा उनले मुम्बईको वरली क्षेत्रमा रहेको यातायात विभागको आधिकारिक व्हाट्सएप नम्बरमा एउटा म्यासेज पठाएका थिए, जसमा सलमान खानलाई उनको घर भित्र घुसेर मार्ने र उनको कारलाई बमले उडाइदिने भनेर लेखिएको थियो ।

एएनआईको हालैको रिपोर्ट अनुसार, सलमान खानलाई धम्की दिने व्यक्ति वडोदरा नजिकैको गाउँमा बस्ने २६ वर्षीय केटाको रूपमा पहिचान गरिएको छ ।

सुरुमा, प्रहरीले समन पठाएको थियो र उनलाई २–३ दिनभित्र उपस्थित हुन आदेश दिइएको थियो । तर, मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै उनलाई सोमबार नै पक्राउ गरिएको हो । हाल उनको नाम खुलाइएको छैन ।

रिपोर्टका अनुसार अनुसन्धानबाट सन्देश पठाउने व्यक्तिको मानसिक अवस्था राम्रो नभएको पत्ता लागेको छ । परिवारले उनको उपचार भइरहेको दाबी गरेको छ । यो तथ्य पत्ता लगाउन प्रहरी अनुसन्धान जारी छ ।




भर्खरै