२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा खड्ग केसीलाई



अ+ अ-

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा खड्ग केसीलाई नियुक्त गरेको छ ।

केसी हाल विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) हुन् ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज केसीलाई कार्यवाहक रहने गरी अर्को व्यवस्था नहुन्जेलसम्मका निम्ती जिम्मेवारी तोकेका हुन ।

यसअघि उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि उपकुलपति पद रिक्त छ ।

शिक्षाध्यक्षको जिम्मेवारीमा आएपछि केसीले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक कामलाई व्यवस्थित र सुधार गर्दै आएका छन् ।

जापानको सरकारी छात्रवृत्तिमा नागासाकी विश्वविद्यालयबाट मास्टर्स, पिएचडी र पोस्ट डॉक्टरेट प्राप्त उनी विभिन्न विदेशी विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर र ‘फरिन पोलिसी फेलो हुन ।

चीनको सांघाई विश्वविद्यालय, सिचुवान विश्वविद्यालय, युनान विश्वविद्यालयमा आमन्त्रित प्राध्यापक तथा सार्क विश्वविद्यालय नयाँदिल्लीको बोर्ड सदस्य हुन ।थुप्रै अन्तर्राष्ट्रिय जर्नलको सम्पादकमण्डलमा रहिसक्नुभएका प्राध्यापक केसी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति बिभागको स्थापना र नेतृत्व गर्दै बिभागलाई नयाँ उचाईमा पुर्याउनु सफल प्राध्यापक हुन ।




भर्खरै