२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो पटक जिब्रो छेडेर महाद्विप बोक्दै टोलटोल घुमे बोडेका २८ वर्षीय सुजन



अ+ अ-

भक्तपुर। बिस्काः जात्राको अवसरमा मध्यपुरथिमि नगरपालिका–८ बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने विश्व प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज स्थानीय २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको छ ।

बोडे पाँचो गणेश मन्दिर अगाडिको फल्चामा बोडेका सबै देवीदेवतालाई साक्षी राखेर जिब्रो छेडाएर महाद्वीप बोकेर बोडे सहरको टोलटोल घुम्दै जात्रा सम्पन्न गरेको हो । विगत १०७ वर्षभन्दा अगाडिदेखि निरन्तर रूपमा चल्दै आएको ऐतिहासिक यो जात्रामा यसवर्ष तेस्रौ पटक जिब्रो छेडाएर सुजनले जात्रालाई निरन्तरता दिनुभयो ।

सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूपबत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौँ मानिसहरूकै अगाडि सुजनको जिब्रो छेडिदिनुभयो ।

जिब्रो छेडेर चन्द्राँकारकोे भ्वाय् अर्थात् महाद्विप बोकेर सुजनले बोडे सहर घुम्दै भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्विपलाई मन्दिरस बाहिर राखेर सुजन मन्दिरभित्र गएर जिब्रोको सुइरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको दीलकृष्ण प्रजापति बताउनुहुन्छ ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसअघि नवाँै पटक जिब्रो छेडेका बुद्धकृष्णकै कान्छो छोरा विगत तीन वर्षदेखि जिब्रो छेडेर जात्राले निरन्तरता दिनुभएको छ । रासस