२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाउँदै, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजामा केहि दिनदेखि सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाउने क्रम रोकिएको छैन । कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुन बुधबार ९८ हजार ५ सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार तोलाको ५ सय बढेर ९९ हजारमा कारोबार भइरहेकाे छ । 

अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो बन्दै गएको  महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको भनाइ छ । यस्तै चाँदी आज तोलामा तोलाको १२ सय २५ रुपैयाँ पुगेको छ ।