६ असार २०८३, शनिबार
,
Latest
उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूसहितको बैठक जारी



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूसहितको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।

जारी बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको बताइएको छ ।

एमालेसँग सत्ता सहकार्यमा ९ महिना पुग्दा सत्तारुढ दल नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ ।

पछिल्लो समय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र उनी निकटका नेताहरूले चर्को सरकारको असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

यसअघि हिजो बालुवाटार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा बसेको थियो । उक्त बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा सहभागी नभएको सन्दर्भलाई चासोका साथ हेरिएको छ ।