२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रयास नेपालका बालबालिकालाई हिमालय एयरलाइन्सद्वारा सहयोग



अ+ अ-

काठमाडौं । हिमालय एअरलाइन्सले प्रयास नेपालसँगको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई निरन्तर सातौं वर्षसम्म पनि सहयोग जारी राखेको छ । पहलको एक हिस्साको रूपमा, एअरलाइन्स्ले यहि बैशाख २८ गते प्रयास नेपालमा आयोजित कार्यक्रममा यसवर्ष अर्थात् बि.सं. २०८० को शैक्षिक सत्रका लागि बाल–बालिकाहरूलाई विभिन्न ग्रेडका नोटबुक, रजिष्टर र शैक्षिक पाठ्यक्रम पुस्तकहरू जस्ता शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको थियो ।

स्वावलम्बनको बाटो पछ्याउने बालबालिकाको प्रबल इच्छाको प्रशंसा गर्दै, यस वर्ष हिमालय एयरलाइन्सले खाना पकाउने र उद्यमशीलताको सीपलाई सुधार गर्न रेस्टुरेन्टको सुरुवाती पहल – ‘लभ एपेटाइट’ को लागि विशेष ज्ञान आदानप्रदान सत्र आयोजना गरेको थियो ।

एअरलाइन्स्ले आयोजना गरेको संक्षिप्त सत्रमा नेपाल एकेडेमी अफ ट्राभल एण्ड होटल म्यानेजमेन्टका प्रशिक्षक आकाश लामाले स्वैच्छिक रूपमा बालबालिका र लभ एपेटाइटका टोलीलाई भान्साको सुरक्षा, सरसफाइ, मेनु योजना (लागत, मूल्य निर्धारण रणनीति) मा केन्द्रित भई सुझाब दिए। खाना तथा भान्साको शिष्टाचार, पाक विधिको साझेदारी आदि विषयमा उनले प्रशिक्षण दिए । एअरलाइन्स्को ब्रान्ड टोलीले प्रचार प्रसारको दृष्टिकोणबाट विभिन्न मार्केटिङ र ब्रान्डिङ प्रविधिहरूमा पनि प्रकाश पारेको थियो र उनीहरूलाई विशेष रूपमा डिजाइन गरिएको मेनु प्रदान गर्यो, जसले स्टार्ट–अपलाई अझ प्रभावकारी रूपमा बढ्न मद्दत गर्नेछ ।

एअरलाइन्सको तर्फबाट ब्राण्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन् “प्रयास नेपालसँगको हाम्रो सात वर्षको सहकार्यमा बाल–बालिकाले हाम्रो “पहल” मार्फत् आफ्नो सपना पूरा गरेको देख्दा हामी साँच्चै खुसी छौं। विद्यार्थीहरू शिक्षाको पहलतर्फ र जीवनमा आत्मनिर्भर बन्न आफ्नै खुट्टामा उभिन लागिपरेका छन् । यस रेष्टुरेण्ट स्टार्टअप मार्फत् बालबालिकाले आफ्नो सिकाई र जीवनमा सम्मानका साथ अगाडि बढ्नसक्ने क्षमताको उत्कृष्ट प्रदर्शन गरेका छन् । यी उपलब्धिहरू र हरेक बालबालिकाको सपनामा देखा परेका थप सफलताप्रति हिमालय शुभकामना व्यक्त गर्दछ।”

प्रयास नेपालका अध्यक्ष मणि जोशीले हिमालय एयरलाइन्सको निरन्तर सहयोगका लागि गहिरो प्रशंसा व्यक्त गरे र यसले बाल–बालिकाको शैक्षिक प्रदर्शनलाई मात्र नभई उनीहरूमा सिकाइप्रतिको लगाव विकास गर्न पनि मद्दत गरेको बताए । “हामी हिमालय जस्तो एअरलाइन्स्लाई साझेदारीकोरुपमा पाउँदा भाग्यमानी छौं, जसले शिक्षालाई महत्व दिन्छ र आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्न समर्पित छ । रेस्टुरेन्ट सुचारुरूपमा चलाउनका लागि यस वर्ष हाम्रा युवाहरूलाई सीप बढाउने तालिममा यहाँहरूको थप सहयोगको लागि हामी आभारी छौं।”