२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमलले फेरि भने: तिनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्



अ+ अ-

पोखरा ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरुलाई रिहा गर्न सरकारसङ्ग आग्रह गरेका छन् ।

पक्राउ परेकाहरु कुनै अराजक र हिंसात्मक गतिविधिमा संलग्न नरहेको भन्दै उनले रिहा हुनुपर्ने बताएका हुन् । बरु परिस्थितिलाई संयमित बनाउन बारम्बार आह्वान गर्ने डा.धवल शमसेर राणा,रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्रराज भण्डारी लगायतका नेताहरूको रिहाई हुनुपर्ने थापाको जिकिर छ ।

पक्राउ परेकाहरुको रिहाईको माग गर्दै पोखराको मुस्ताङ चोकमा रिले अनसनमा बसेकाहरुलाई भेट गर्दै थापाले यस्तो धारणा ब्यक्त गरेका छन् । उनले थपे “अनसन बसेका राष्ट्रवादी साथीहरूप्रति एक्यवद्धता जनाउन आज हामी पोखरा आईपुगेका छौ” ।