२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति यादव स्वागत समारोहमा सरिक



अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव बङ्गलादेशको ५४औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

त्यसअवसरमा यहाँस्थित बङ्गलादेशी राजदूतावासका कार्यवाहक राजदूत महम्मद हुमायु कवीरले बङ्गलादेश र नेपालबीचको परापूर्वकालदेखिको मैत्रीपूर्ण सांस्कृतिक एवं सामाजिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ हुँदै गएको बताउनुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घ, विश्वशान्ति स्थापना, जलवायु परिवर्तन, अल्पविकसित मुुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका रणनीतिलगायत विषयमा नेपालसँग आफ्नो देशले निकट सम्पर्कमा रहेर काम गर्दै आएको बताउनुभयो ।

समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका बङ्गलादेशका नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायतको उपस्थिति थियो । रासस