२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘के घर के डेरा: घर नं २’ ‘के घर के डेरा’को सिक्वेल हो ?



अ+ अ-

काठमाडौं । चलचित्र ‘के घर के डेरा: घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । केही दिन अगाडि टिजर रिलिज गरेको निर्माणपक्षले घर नं २ लाई जेठ २ गते रिलिज गर्दैछ ।

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा: घर नं २’को विषयलाई लिएर दर्शकमा कौतुहलता देखिएको छ । ‘पशुपतिप्रसाद १’को झल्को टिजरले दिएको भनेर सिनेमाको चर्चा भइरहेको छ ।

‘के घर के डेरा: घर नं २’ दुई वर्ष अगाडि रिलिज भएको ‘के घर के डेरा’को सिक्वेल हो अथवा नयाँ हो रु यसमा धेरैको जिज्ञासा छ । किन भने टिजरले ‘के घर के डेरा स् घर नं २’ सिक्वेल भएको संकेत गर्दैन । तर, नामले भने सिक्वेल भएको जनाउँछ ।

निर्देशक दीपेन्द्र के खनाल ‘के घर के डेरा: घर नं २’ सिक्वेल नभएको बताउँछन् । “यो के घर के डेराको सिक्वेल होइन । घर र डेराको कुरा सिनेमामा छ । तर, यो के घर के डेराको सिक्वेल होइन,” उनी भन्छन्, “यो बिलकुल नयाँ सिनेमा हो । नयाँ कथा हो । यो सिनेमाले नयाँ कथा लिएर आउँछ ।”

‘के घर के डेरा’ कमेडी बेसमा बनेको सिनेमा भएको भन्दै निर्देशक दीपेन्द्र ‘के घर के डेरा: घर नं २’ सोसल ड्रामा भएको प्रष्ट पार्छन् । आफ्नो पहिचान झल्कने सिनेमा ‘के घर के डेरा: घर नं २’ भएको उनी बताउँछन् ।

“यसमा मेरो ओर्जिनल फ्लेबर आउँछ । म जसरी आफूलाई मन लागेको सोसल ड्रामा भन्दै आएको थिएँ,” उनी भन्छन्, “यो सिनेमा मार्फत म आफ्नो जनरा सिनेमामा फर्किएको छु ।”

सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा: घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।