२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्यमण्डल बाहिरको ग्रहमा जीवनको सम्भावित लक्षण देखिएको वैज्ञानिकहरूको दाबी



अ+ अ-

काठमाडौं । क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले सौर्यमण्डलभन्दा बाहिर रहेको एउटा ग्रहमा जीवनको सम्भावित लक्षण देखा परेको दाबी गरेका छन् । अनुसन्धानकर्ताको समूहले सौर्यमण्डलभन्दा बाहिर रहेको ‘के–टु–१८ बी’ नामको ग्रहमा जीवनको सम्भावित लक्षण फेला पारेको हो । वैज्ञानिकहरुले यसलाई पुष्टि गर्न थप तथ्यको खोजी आवश्यक रहेको बताएका छन् ।

अनुसन्धानकर्ताहरूले ‘के–टु–१८ बी’ को वायुमण्डलको अध्ययनका क्रममा पृथ्वीमा मात्र पाइने अणुको संकेत प्राप्त गरेका हुन् । ती अणु पृथ्वीमा रहेका सामान्य जीवले मात्रै उत्पादन गर्न सक्ने अनुसन्धानकर्ताको भनाइ छ । अन्तरिक्षमा रहेको नासाको दूरबिन जेम्स वेब स्पेस टेलिस्कोपले खिचेको तस्वीरको विश्लेषणका आधारमा अनुसन्धानकर्ताले यस्तो निष्कर्ष निकालेका हुन् ।

जेम्स वेब स्पेश टेलिस्कोपले ‘के–टु–१८ बी’ को वायुमण्डलमा जीवनसँग सम्बन्धित रसायन फेला पारेको यो दोस्रो पटक हो । यसपटको लक्षण थप आशाजनक भएको बताइएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयको ‘इन्स्टिच्युट अफ एस्ट्रोनोमी’ का प्रमुख अनुसन्धानकर्ता प्रोफेसर निक्कु मधुसुधनले चाँडै नै अझ बलियो प्रमाण फेला पर्ने आशा व्यक्त गरेका छन् ।

अनुसन्धानकर्ताहरूले उक्त ग्रहको वायुमण्डलमा जीवनसँग सम्बन्धित दुई प्रकारका ग्यास डाइमिथाइल सल्फाइड र डाइमिथाइल डाइसल्फाइडको संकेत फेला पारेका हुन् । पृथ्वीमा यी ग्यास समुद्रमा पाइने अल्गी र ब्याक्टेरियाले मात्रै उत्पादन गर्न सक्ने बताइएको छ ।

एउटा सानो रातो तारालाई परिक्रमा गरिरहेको ‘के–टु–१८ बी’ ग्रह आकारमा पृथ्वीभन्दा साढे दुई गुणा ठुलो छ भने यो पृथ्वीबाट सात सय ट्रिलियन माइल्स पर छ । एक ट्रिलियन भन्नाले दश खर्बलाई बुझाउँछ । जेम्स वेब स्पेश टेलिस्कोप यति शक्तिशाली छ कि यसले उक्त ग्रहले परिक्रमा गरिरहेको स्यानो सूर्यबाट निस्किने प्रकाशको माध्यमबाट यसको वायुमण्डलमा रहेको रसायनको सम्मिश्रणको विश्लेषण गर्न सक्दछ ।

पृथ्वीभन्दा बाहिर जीवन छ कि छैन भन्ने कुरा लामो समयदेखि जिज्ञासा, अनुसन्धान र रहस्यको विषय रहँदै आएको छ ।